बिर्तामोड ।
नेपालमा संघीय शासन प्रणालीको कार्यान्वयन जनअपेक्षा अनुरुप हुन नसकेको औल्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भमा बिहीबार बिर्तामोडमा आयोजना गरेको छलफलका सहभागीले संघीय शासन प्रणाली कार्यान्वनयका चुनौतिलाई सामना गर्ने र कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
‘नेपालमा संघीय शासन प्रणाली कार्यान्वयनको अवस्था र चुनौति’ विषयक संवादमा सहभागीले सरकार सञ्चालनका संयन्त्र र दलहरु इमान्दार बन्नुपर्ने तथा नागरिकले सशक्त खबरदारी गर्नुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको संवादमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।
संवादको विषय माथि प्रष्ट्याउँदै प्रजिअ रिजालले तीनै तहको सरकारबीचको समन्वय र समुचित विकास आवश्यक भएकोमा जोड दिइयो । उनले संविधानको भावना अनुसार काम गर्न सक्नुपर्ने बताउँदै प्रदेश र स्थानीय तहबीच समन्वयमा कमी रहेको औल्याए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य दीपक कार्की, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक मणिकुमार साम्पाङ विजय, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी जिल्ला प्रतिनिधि रञ्जु प्याकुरेल, नेकपा मालेका वैकल्पिक पोलिटब्यूरो सदस्य नवराज खरेल, राष्ट्रिय जनमुक्ति पार्टीका निवर्तमान अध्यक्ष पर्शुराम मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिम्बुवान प्रान्तिय सचिव धनबहादुर पन्धाकको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरु न्यौपाने, नेपाल बार एसोसिएसन झापाकी सचिव हेमकला कट्टेल, गैरसरकारी संस्था महासंघका जिल्ला उपाध्यक्ष कुमार चुडाल, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल शिक्षक महासंघका जिल्ला सचिव तोया दाहाल, रेडक्रस सोसाइटीका प्रतिनिधि मनोज अग्रवाल, प्याब्सनका जिल्ला सचिव हरिकृष्ण पाठक, एनप्याब्सनका जिल्ला कोषाध्यक्ष मोहन आचार्य, महिला सुरक्षा दवाब ससूहकी अध्यक्ष शारदा रिजाल, बिर्तामोड अपाङ्गता स्वावलम्ब संस्थाका हरि अधिकारी, मातृका भट्टराई, नेत्रहिन संघका दिलकुमार राजवंशी, मेची महाकाली बुहारी आवाजकी अध्यक्ष सिखा खड्का गणेश, कोचिला महिला फ्रण्टकी अध्यक्ष सनम राजवंशी, जनता समाजवादी पार्टीका सुमन राईले सम्बन्धित विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।
संवाद समूह झापाले संयोजन गरेको कार्यक्रमको सहजीकरण अधिवक्ता खगेन्द्र खरेल र एकराज गिरीले गरेका थिए ।