झापा ।

 नेपाल परिवार दल झापाले दुईसय परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । झापाका विभिन्न स्थानीयतहमा पुगेर दलले अति विपन्न बर्गका दुई सय परिवारलाई खाद्य सामाग्री वितरण गरेको नेपाल परिवार दलका झापा सचिव केदार ढुङ्गानाले जानकारी दिए । 

दमक नगरपालिकामा ५० परिवारलाई दलका जिल्ला अध्यक्ष मोहन पाण्डेको नेतृत्वमा, मेचीनगरको काँकडभिट्टामा ५० परिवारलाई जिल्ला सदस्य सम्पतलाल राजवंशीको नेतृत्वमा त्यस्तै मेचीनगरकै धुलाबारीमा २० परिवारलाई केन्द्रीय सदस्य सुकमति राजवंशीको नेतृत्वमा खाद्यन्न वितरण गरिएको जनाइएको छ । 

त्यस्तै मेचीनगरमै चारआलीमा १२ परिवार, इलामको माइनगरपालिकाको बालआश्रम र बृद्धाआश्रममा गरेर १० परिवार, बाकि बिर्तामोड नगरपालिकाका विभिन्न स्थानमा ६० परिवारलाई खाद्य सामाग्री वितरण गरिएको सचिव ढुङ्गानाले जानकारी दिए । 

प्रत्येक परिवारलाई २५ केजी चामल, १० केजी आटा, एक लिटर खानेतेल, ४ वटा साबुन, एक केजी नुन, एक केजी दाल, एक केजी चनालगायका सामाग्री वितरण गरिएको जनाइएको छ ।  केन्द्रीय सदस्य मिलनकुमारी राजवंशीको समन्वयमा खाद्य सामाग्री वितरण गरिएको सचिव ढुङ्गानाले बताए ।