सुरुङ्गा । 

नेपाली कांग्रेस कनकाई नगर समिति प्रशिक्षण बिभागको आयोजनामा शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीको नीति, बिचार, सिद्धान्त र कार्यक्रमका विषयमा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रशिक्षण दिएका थिए । 

नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादी नीति र कम्युनिष्टले भन्ने गरेको समाजवादबीच अन्तर, बिश्व समाजवादी आन्दोलन र बीपी कोइरालाको नेतृत्वदायी योगदान, आगामी स्थानीय निर्वाचन रणनीति,  पार्टी अनुशासन र संगठन परिचालनमा बिधानको ब्यवस्था बिषयमा जिल्ला सचिवको रुपमा सचिव हुमागाईले प्रशिक्षण दिएका थिए ।  

कार्यक्रममा क्षेत्र न ४ ख सभापति ख्यामराज सिटौला, नगर सभापति दुर्गा प्रसाई, पुर्व जिल्ला सदस्य गोपाल उप्रेती लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको प्रमुख आतिथ्य समेत झापा सचिव हुमागाईको रहेको थियो । 

त्यसैगरी पार्लियामेन्ट्री प्रोसिडयर संसदीय प्रक्रिया र प्रणालीका बिषयमा कुमारमणि पोखरेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा  कनकाई नगर प्रशिक्षण  बिभाग संयोजक सन्तोष रायामाझीको सभापतित्वमा भएको थियो भने स्वागत महाधिवेशन प्रतिनिधि कविता बस्नेतले गरेकी थिइन् । कार्यक्रम सञ्चाललन नगर सचिव दिपक खतिवडाले गरेका थिए ।