झापा ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापामा कार्यबिभाजनलाई लिएर जिल्लाका नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको छ । झापाका जिल्ला सदस्य तथा सचिवालय सदस्यहरुले कार्यविभाजनप्रति खुलेरै सामाजिक सञ्जालमा आफ्ना विचार ब्यक्त गर्न थालेका छन् । 

पार्टीले केही दिन अघि प्रदेश नं १ का बिभिन्न जिल्लाका स्थानीय तहका कमिटी अन्तर्गतका प्रदेश, स्थानीय तह र संघीय इलाका कमिटीको कार्यबिभाजन गरेको थियो । 

स्वार्थका कारण पार्टी धरासायी बन्दै गएको तथा आन्दोलन कमजोर भएको झापा जिल्ला सचिबालय सदस्य बासु दुलालले बताए । आफ्ना गुटका मान्छेको मात्र खुसी खोजेको भन्दै उनले पार्टीको निर्देशन र विचार भन्दा बाहिर गएर नेता तथा कार्यकर्तामा  निराशा पैदा गराएको आरोप लगाए । 

पार्टी र आन्दोलन बचाउन नयाँ ढङ्ले सोच्न जरूरी रहेको बताउँदै उनीहरुले पार्टी कार्यबिभाजनको प्रसंग उठाउँदै यस्तो कार्यशैलीले पार्टीलाई अगाडि बढ्न मद्दत नमिल्ने बताउँदै सामाजिक सञ्जालमा लेखेका छन् । 

उनीहरुले सामाजिक सञ्जालमा लेखेका कुरा जस्ताको तस्तै : 

‘माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटीले झापाको कार्यबिभाजन भनी गैर्ह जिम्मेवार र सांगठनिक पद्धति र बिधिको धज्जी उडाइ हुकुमे  शैलीबाट पठाएको पत्रले पार्टी बिसर्जन हुने निश्चित छ।चुनावको मुखैमा आएर यस्तो निर्णय गरि कसको स्वार्थ पुर्ती गर्न खोजिएको हो???? आम सचेत कार्यकर्ताले गम्भीर भएर सोच्न जरुरी छ।सबैलाइ चेतना भया !!’ भानु दंगाल जिल्ला सदस्य

‘तिम्रो स्वार्थको कारण पार्टी धरासायी बन्यो आन्दोलन कमजोर भयो । जनतामा निराशा पैदा भयो । पार्टी बिचार आन्दोलन नापेट पार्न , तिमी आफ्नो गुट का केही मान्छे को अनुहारमा खुसी खोज्छौ । यी सबै को जिम्मा तिमिले लिने कि हामिले ??????????? न्याय समानता को कुरा जनताले हामिबाट अपेक्षा गन सक्ला कमरेड ???????? २सन्धर्भ माओबादी केन्द्र ) झापा कार्यबिभाजन ।’ बासु दुलाल जिल्ला सचिबालय  सदस्य

‘पार्टी निर्माणका गहन जिम्मेवारी र  चुनौतिलाइ एकातिर थन्काएर  भारदारी तबरले गरिएको कार्यबिभाजन ले पार्टी निर्माण होइन बिसर्जन तर्फ धकेल्दै छ । बर्ग मुक्ती आन्दोलन सहित माओबादी आन्दोलनलाई समाप्त गर्ने  भित्री उदेश्य बोकेको  समूह ( गुट) बाट भएको निर्णय सर्बथा पार्टी हित नीति र कार्यक्रम  बिरुद्द छ । यस्को जति आलोचना गरेपनि  कम हुनेछ । पार्टी र आन्दोलन बचाउन नया ढङ्ले सोच्न र खबरदारी गर्न आम पार्टी सदस्य सुभचिन्तक र मालेमाबादी बिचार राख्ने आम जनसमुदायमा  हार्दिक अपिल गर्दछु ।। २सन्धर्भ –––– झापा पार्टी कायबिभाजन !!!  बासु दुलाल नेता झापा

‘माओवादी पार्टी निर्माणमा बिगत लामो समयदेखि  बलिदानी पूर्ण संघर्षमा खेलिएका भुमिकाहरू ईमान्दारिता,  योगदान र दक्षतापुर्ण निरन्तरताको अबमुल्यन गर्दै गरीएका कतिपय निर्णयहरूले पार्टी निर्माण हैन पार्टी बिसर्जन तर्फ उन्मुख गराउँछ । 

उनले लेखेका छन्, स्वार्थ प्रेरित ढंगबाट निकालिएका निष्कर्ष हरूबाट सांगठानिक जिम्मेवारीको बोध तथा बहन हुन सक्दैन र सकिँदैन । त्यस कारण त्यस्तो भद्दा प्रबृत्ति बिरूद्ध निरन्तर संघर्ष जारी रहनेछ ।’ जिल्ला कमिटी सचिवालय सदस्य ढुण्डिराज गुरागाई 

यसरी पार्टी धराशायी बनाउने गरि गरिएको निर्णय तत्काल सच्याउन नेताहरुले पार्टीको प्रदेश नेतृत्व समक्ष अपिलसमेत गरेका छन् । असन्तुष्ट नेताहरुसँग सम्पर्क गर्दा यो निर्णय सच्चिनेमा  उनीहरु आश्वस्त रहेको बताएका छन् ।