काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) गम्भीर हुन सक्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुरद देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी पास गर्ने पत्र एमसिसी मुख्यालयमा पठाएको बाहिरिएँगै डा. भट्टराईले गिजोलिएको भन्दै आक्रोश पोखेका हुन।
एमसीसी पारित गर्नुपर्छ भन्दै आएका नेता भट्टरार्इले चेतावनी दिदै सामाजिक सञ्जालमा लेखेका छन् । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुन सक्छ, अति भए खति हुन्छ है।’ उनले माओवादीका अध्यक्ष प्रचण्डको दोहोरो भूमिकाप्रति कटाक्ष गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात, भित्र खाओवादबाहिर माओवाद। नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुन सक्दैन तबसम्म देश बन्दै–बन्दैन।’