बुधबारे ।
अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध भन्दै अनेरास्ववियू र राष्ट्रिय यूवा संघ नेपाल बुद्धशान्तिले विरोध कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यलय बुधबारेको नजिकबाट बुधबारे बजार परिक्रमा गर्दै सरकारको विरोध गरिएको हो । प्ले कार्डसहित युवाहरूको जमातले बिरोध कार्यक्रम गरेको हो ।
प्ले कार्डमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमि फिर्ता गर, भारतीय बिस्तारवाद मुर्दावाद, परमादेश सरकार मुर्दावाद, स्थानीय निकायको चुनावको मिति घोषणा गर, रेणु यादवलाई बर्खास्त गर लगायतका माग गरिएको छ ।
प्ले कार्डमा अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्धका नारा पनि लेखिएको छ । विरोधसँगसँगै मास्क पनि वितरण गरिएको छ ।