हल्दिबारी ।
नेपाली कांग्रेसको ३ नं. वडा समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा हल्दिबारी ३ कुनाबारी टोलका बिशाल मेचेसहित ४३ जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई नेपाली कांग्रेस क्षेत्र नं.३ ख सभापति तुलसी ओली तथा हल्दिबारी गाउँसमिति उप सभापति तथा ४नं. वडा अध्यक्ष होम चुडालले पार्टीमा स्वागत गरेका हुन् ।
हल्दिबारी ३ कुनाबारीमा राखिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ओलीले गाउँ, टोललगायत देशको अफ्ट्यारो परिस्थितिमा नेपाली कांग्रेसले देशलाई निकास दिएको र दिने बताए । उनले अरू पार्टीलाई समेत समेटेर कांग्रेसले मात्र लान सक्ने कुरा प्रमाणित भएको बताए । अबको चुनाबमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने धारणा राख्दै अबको चुनाब जित्ने दाबी गरे ।
पार्टी प्रबेश कार्यक्रममा कुनाबारीबाट अन्य पार्टी परित्याग गरी विशाल मेचे, भरत गुरूङ, अनिशा मेचे, सुसिला अधिकारी, धनकुमार गिरी, कुलबहादुर गिरीलगायत ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हल्दिबारी ३ का कार्यबाहक सभापति सुनिराम मेचेले बताए ।
नेपाली कांग्रेस हल्दिबारी गाउँ समिति सचिव तारा ढुङ्गेलले संचालन गरेको कार्यक्रमको सभापतिमा वडा नं.३ का कार्यबाहक सभापति सुनिराम मेचे, प्रमुख अतिथि क्षेत्र नं.३ ख का सभापति तुलसी ओली रहेको उक्त कार्यक्रममा हल्दिबारी गाउँ समिति उप सभापति होम चुडाल, सचिव तारा ढुङ्गेल, हल्दिबारी कार्यवाहक सभापति टिकाराम काफ्ले, प्रदेश कमिटी सदस्य लालबहादुर कन्दङ्वा, महिला संघ सभापति प्रतिमा भुजेल, हल्दिबारी गाउँ समिति सह–सचिब नारायण भुजेल, गाउँ समिति सदस्य प्रेम राज न्यौपाने, भिम काफ्लेलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।