झापा ।

 नेपाली कांग्रेसले देश व्यापी रुपमा पार्टी संगठन विस्तार तथा पार्टी प्रवेश अभियान तथा  विभिन्न भातृ संगठनहरु बिस्तार गरेको छ । झापा हल्दिबारी गाउँपालिकाको वडा नं. ४  कमिटीले टोल कमिटी गठन कार्यक्रम ऐनाबारीमा सम्पन्न गरेको छ। पार्टीको केन्द्रीय नीति अनुसार संगठन विस्तार तथा पार्टी प्रवेश अभियानलाई तिब्र पारेको हो ।  शनिबार भएको उक्त कार्यक्रममा नेकपा एमाले र राप्रपाका १७ जनाले प्रवेश गरेका हुन् । 

कार्यक्रममा प्रमुख अथिति तथा महाअधिबेशन प्रतिनिधि बलराम हेमरम, बिशेष अतिथि उप सभापति तथा वडा नं.४ का अध्यक्ष होम चुडाल, प्रदेश प्रतिनिधि लखन हेमरम, नेपाल रेडक्रस सोसाइटी जलथलका सभापति बिष्णु उप्रेती, वडा नं.४ तरूण दल सभापति दिपेन्द्र मेचे, वडा नं.४ का कार्यबाहक सभापति टिकाराम काफ्ले,वडा नं. ४ का पूर्व वडा सभापति सुवास बाहकोटी, नितेश शाह, क्षितिय सह–सचिव गंगा उप्रेतीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टीमा  नव प्रबेशिहरुलार्इ  स्वागत समेत गरेका थिए । 

कार्यक्रममा सन्तोष मेचेको सभापत्विमा १९ सदस्य ऐनाबारी टोल समिति गठन भएको छ। उपसभापतिमा अर्जुन मेचे र कृष्ण मेचे, सचिवमा चैतन्य प्रसाद आर्चाय र राधा मेचे, सह सचिबमा शंकर मेचे र बरन्दा मेचे लगायत १९ जनाको टोल समिति गठन भएको हल्दिबारी गाउँ समिति उपसभापति होम चुडालले बताए । 

त्यसैगरी  हल्दिबारी ५ धनुषा पोखरीमा आयोजित टोल समिति गठन समारोहमा एमाले पार्टीका संगठित सदस्य कुमार सिवा र अन्य सदस्य तथा राप्रपाका पार्टी सदस्य गरी १५ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।   उनीहरुलाई स्वागतसहित चन्द्र तामाङ नेतृत्वमा टोल समिति समेत बनेको चुडालले बताए ।