झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी (सन्देश) लाई पितृशोक परेको छ ।
नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज समेत रहेका नेता सन्देशका पिता नरबहादुर दर्लार्मी मगरको ८५ बर्षको उमेरमा विहीवार (आज) साँझ ६ः३० बजे निधन भएको पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिएका हुन् ।
करिव ६ महिना अघिदेखि ब्रेन ट्य्मर रोगबाट पिडीत नेता सन्देशका पिता नरबहादुरको आफ्नै निवास शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित बच्चाबगरमा निधन भएको नगर अध्यक्ष भट्टराईले बताएका छन् ।
स्व.नरबहादुरको आफ्नै घर छेउमा भोली (शुक्रबार) विहान ११ बजे पराम्परागत संस्कार अनुसार अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।