विर्तामोड ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सत्ता साझेदार गठबन्दन दलका उम्मेद्वारहरुसँगको अन्तरक्रिया एवम् कार्यकर्ता भेटघाटलाई प्रदेश नं–१ मा तीब्र बनाइएको छ ।
यसैक्रममा मंगलबार उदयपुरमा नेपाली कांग्रेस उदयपुर क्षेत्र नं–१ का पार्टीकर्ताहरुसँगको भेटघाट सम्पन्न भएको छ । गठनबन्दन दलका उम्मेद्वारहरुको पक्षमा परिणाम निकाल्न नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापा, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेतसहितको टोलीले अभियानकै रुपमा भेटघाट र अन्तरक्रियालाई निरन्तरता दिएको हो ।
मंगलबार उदयपुरमा नेपाली कांग्रेस क्षेत्र नं–१ का कार्यकर्तासँग भेटघाट एवं अन्तरक्रिया तथा गठबन्दन दलका नेता–कार्यकर्तासँग छलफल र प्रदेश नं–१ का मुख्यमन्त्री राजेन्द्र राईसँगको भेटघाट सम्पन्न भएको छ ।
उदयपुर क्षेत्र नं–१ का सभापति खगेन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा सभापति देउकुमार थेवेलगायतले शुभकामना मन्तब्य राखेको झापा सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
सरोज बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सन्तोष कोइरालाले गरेका थिए । सत्ता साझेदार पाँचदलीय गठबन्दनका तर्फबाट प्रदेश नं–१ अन्तरगत झापाका गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राई उम्मेद्वार छन् ।
राष्ट्रियसभा सदस्यका लागि हुने मतदानमा पालिकातहका अध्यक्ष÷उपाध्यक्ष, मेयर÷उपमेयर, प्रदेश सांसद र प्रदेश नं–१ का संघीय सांसदले मत दिन पाउने कानुनी ब्यवस्था छ ।