बिराटनगर  । 

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले समाबेसी लोकतन्त्र र संविधानको रक्षका लागि सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रियसभा सदस्यमा जिताउनु पर्नेमा जोड दिएका छन् । 

गठबन्धन दलका उम्मेदवारहरुलाई बिजयी गराउने बिषयमा बिराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राखेका हुन् । 

ओलीको नेतृत्वमा सरकार बन्नुअघि देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका उम्मेदवारलाई केपी ओली र बिध्या भण्डारीले सदस्य बन्न नदिएको बताउदै नेता कोइरालाले ओलीको निरकुशताबिरुद्द विशेष परिस्थितिमा गठबन्दन बनेको बताए । निरकुशताको पराजयका लागि गठबन्धन दलका उम्मेदवारको बिजय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा समाजबादीका राजेन्द्र राई, जसपाका नेता अशोक राई, माओबादीका कुशल लिम्बू लगायतले धारणा राख्दै ओलीको असबैधानिक कदमका विरुद्ध र सबिधानको सफल कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारहरुको पक्ष मा परिणाम निकाल्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राइले गठबन्दन दलका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरु सक्रियतापुर्बक लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस मोरङ्का सभापति  डिकबहादुर लिम्बुको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन मोदराज घिमिरेले गरहेको नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले जानकारी दिए ।