झिलझिले । 

शिवसताक्षीमा नेपाली कांग्रेसले विपन्नको घर बनाउने अभियान सुरु गरेको छ । राजनीतिक आस्थाका आधारमा तीन तहकै सरकारले विपन्न नागरिकलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसले नगरमा विपन्नको घर बनाउने अभियानै चलाएको हो । 

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा आइतबार नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेले स्थानिय मनकुमार राईको घरको शिलान्यास गरे । ‘चार सय मिटर पूर्वमा नगरकार्यपालिकाको कार्यालय छ । तर, ‘यहाँका जनप्रतिनिधीले आफ्नै आँखा अगाडीको विपन्न परिवार नदेख्दा ताजुब लागेर आयो,’ उनले भने ।

राईको परिवार १५ वर्षदेखी घाम पानी नछेलिने फुस्को घरमा बस्दै आएको छ । वर्षातका बेला पानी र हिउँदका बेला हावा हुरी खपेरै उनको परिवारले दःुखले छाप्रामा गुजारा चलाउदँै आएका थिए । स्थानिय डिल्ली खतिवडाले भने, ‘हामीले नगरका सामाजिक अगुवा सन्तकुमार फेउदिनलाई मनकुमारको परिवार र उनको अवस्थाका बारेमा सुनाएका थियौ । उहाँ भोली पल्ट लगत्तै मनकुमारको घरैमा आएर अवस्था बुझ्नु भयो र घर बनाइदिने बचन दिनुभयो ।’

सन्तकुमार फेउदिन नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति हुन् । सामाजिक रुपमा क्रियाशिल फेउदेनकै संयोजकत्वमा मनकुमार राई घर निर्माण समिति समेत गठन भएको छ । आइतबार घर शिसान्यासकै दिन २ लाख ८७ हजार ५२ रुपँैया बराबरको नगद र जिन्सी कबोल भएको संयोजक फेवदिनले बताए । 

स्थानीयका अनुसार मनकुमारकी श्रीमती सविनालाई उनका माइतीले १५ धुर जग्गा दाइजो दिएका थिए । त्यै जग्गामा मनकुमारको २ कोठा र शौचालय सहितको घर निर्माण हुनेछ । स्थानीय सरकारले चासो नदेखाएपछि आफुहरु जुटेको निर्माण समितिका मंगलशिह सम्बाहाम्फेले बताए । उनले भने, ‘राजनीतिक रुपमा राई परिवार कुन पार्टीका हुन भन्ने कुरालाई हामीले महत्व दिएनौ । गाँस, बास र कपासको आधारभुत आवस्यक्ता पनि नपाएका राई परिवारले अव पक्की घर दुई महिना भित्रमा पाउने छन् ।’  

राई दम्पतीको १ छोरी र २ छोरा छन् । स्थानीय भानु माध्यमिक विद्यालयमा अध्ययनरत उनिहरु विद्यालयकै जेहेनदार छात्र छात्राका रुपमा कहलिएका छन् । 

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापति अशोक बस्नेत र घर निर्माण समितिका संयोजक फेउदिनले सबै राजनीतिक दल, भाषा, धर्म, भुगोल, जात र लिङ्गलाई समान दृष्टीकोणले हेर्ने एउटै मात्र राजनीतिक दल नेपाली कांग्रेस भएको बताए । उनिहरुले नेपाली कांग्रेसका हरेक अभियानमा समाहित हुन पनि सर्वसाधरणलाई आग्रह गरे ।