झापा ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक नगर समितिको अध्यक्षमा कुलबहादुर बस्नेत (रवि) चयन भएका छन् । शुक्रवार भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा ६८ सदस्यीय नगरमा समिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता सेरेङलाई चयन गरेको छ भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ चयन भएका छनु ।
अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमकाविच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी सपथ गराएको हो ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष मणिकुमार साम्पाङ(विजय ), कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्य कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिको पूर्ण बैठकले अन्य ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।