झापा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं जिल्ला अधिबेशनमा खुल्ला तर्फबाट सदस्य पदमा डम्बरबहादुर गिरीले उमेरद्वारी दर्ता गराएका छन्।
नेकपा एमालेको दशौँ झापा जिल्ला अधिवेशनमा खुल्ला तर्फबाट जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएका उनले वर्तमान अवस्थामा मैले प्राप्त गरेको जिम्मेवारी अनुसारको भुमिका हेरेर मुल्यांकन गरी मतदान गर्न आग्रह समेत गरेका छन्। हल्दिबारी गाउँपालिका उपाध्यक्ष समेत रहेका उनी राजनीतिक,बिकास प्रेमी, क्रीयाशिल युवा नेता हुन्।
उनी लामो समयदेखि नेकपा एमालेमा विभिन्न तहका विभिन्न पदमा रहि आफ्नो कुसलता पूर्वक जिम्मेवारी वहन गर्ने ब्यक्ति हुन् । उनले साविक जलथल गाविसमा नेकपा एमालेको गाउँकमिटीको अध्यक्ष रहेर दुई कार्यकाल काम गरेको र सो अवधिमै झापा भरिको स्थानीय निकाय मध्ये पार्टीमा उत्कृष्ट गतिविधि गरेका छन् ।
युवा संघ नेपालको जिल्ला कमिटी अध्यक्ष रहेर एक कार्यकाल काम गरेको र राम्रो काम गर्ने नसके पनि नराम्रो नगरेको, कमिटी हस्तान्तरण गर्दा लोकत्रान्तिक विधिबाट उत्साहजनक ढंगले युवाहरुलाई सहभागी गराउदै अधिवेशन सम्पन्न गरेका थिए । त्यस्तै नेकपा एमाले साविक झापा क्षेत्र नं.३ को पार्टी अध्यक्ष रहेर एक कार्यकाल काम गरेको साथै सो अवधिमा पटक–पटक गरेर ३५ सय जना भन्दाबढीलाई पार्टी प्रवेश गरार्इ झापामा सबै क्षेत्र भन्दा बढी गतिविधि गरेर पार्टीलाई चलयमान गरेराएका थिए ।
२०७४ सालको स्थानीयतहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएर हाल हल्दिबारी गाउँपालिकामा जनतालाई स्थानीय सरकार भएको महसुस गराउदै गतिविधिको हिसाबले उत्कृष्ट तरिकाले अगाडि बढिरहेको र पालिका भरिको विकास निर्माणको काममा अगुवार्इ गर्दै गरेका गिरी हल्दिबारी पालिका भित्रका विभिन्न चुनौतीहरुसँग सामना गर्दै पार्टीलाई बलियो बनाउदै अगाडि बढिरहेका छन् भने हाल नेकपा एमाले जिल्ला सदस्य रहेका छन्।