जलथल ।
झापाको हल्दिबारी गाउँपालिका–४ मा नेपाली कांग्रेसको युवा भातृ संगठन तरूण दलको सभापतिमा दिपेन्द्र मेचे सर्वसम्मत चयन भएका छन्।
पुनरगठित समितिको उप–सभापतिमा कमल श्रेष्ठ र बिजय लाउती, सचिबमा हरी प्रसाईं र रमेश खनाल, सह–सचिबमा किरण मेचे र मनिष प्रसाईं तथा कोषाध्यक्षमा शर्मिला लामिछाने चयन भएका छन्। मेचेको सभापतित्वमा २१ सदस्य समिति गठन भएको हो।
हल्दिवारी–४ का तरुणदल सभापति शेखर दाहालको सभापतित्व तथा झापा जिल्ला तरुणदल सभापति गोपाल तामाङको प्रमुख आतिथ्यमा मंगलबार (आज) हल्दिबारी ४ मा समिति गठन भएको हो ।
अब बनाउछौ नेपाली कांग्रेसको मुल प्रवाहलाई शक्तिशाली भन्ने तरुन साथीको वाणीलाई विश्वासका साथ आत्मसाथ गर्दै अगाडी बढ्ने र हल्दिबारी ४ मा युवा संगठन बिस्तारलाई ब्यापक रूपमा अगाडि बढाउने र राप्रपाबाट धेरै साथीहरू कांग्रेस प्रवेश गर्न लागेको मेचेले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेशसभा ३ (ख) सभापति तुलसी ओली, हल्दिबारी गाउँपालिका उपसभापति होम चुडाल तथा सचिव तारा ढुङ्गेल, हल्दिबारी २ सभापति भिम फ्याक, हल्दिबारी गाउँपालिका तरूणदल सभापति बुद्ध माबों, तरूण दल क्षेत्रिय सभापति खड्ग लिम्बू, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य पारस तिम्सिना, नेपाली कांग्रेस जिल्ला सदस्य दिलिप माबों, कृष्णप्रसाद प्रसाईं, वडाराम हेमरम, जगत बस्नेत, लखन हेमरम, टिकाराम काफ्ले, श्रीप्रसाद बाह्कोटी, पुस्तकराज नेपाल, मिरा दाहाललगायत वडा सभापति र नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूको उपस्थित रहेको हल्दिबारी वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस हल्दिबारी उप सभापति होम चुडालले बताए । कार्यक्रम सञ्चालन सागर नेपालले गरेका थिए।