विर्तामोड ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले माथिल्लो तहमा बस्ने नेताको गुटगत प्रभावमा नपरी संगठनलाई दरो बनाउन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–५ अन्तरगत समावेशी टोल समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव हुमागाईले टोल एवं वडा समितिको सक्रियताले नै पार्टी बलियो हुने बताउँदै कसैको प्रभावमा नपरी संगठनको हितमा काम गर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।
वडा सभापति दीपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं–२, प्रदेश क सभापति लक्ष्मी आचार्य, क्षेत्रीय प्रतिनिधिहरु ओमकृष्ण विमली, गोपाल मैनाली, रामु सिंह, केशव ताम्राकार, राधिका चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
टोल समितिको भेलाले रामचन्द्र प्रसाइको संयोजकत्वमा समावेशी टोल समिति गठन गरेको छ ।समितिका सदस्यहरुमा मिलन प्रसाई, सिता प्रसाई, गोमा दंगाल, तिलरुपा भुजेल, दीपक शाह, दिनेश चौधरी, युवराज प्रसाई, बब्लु शाह, राकेश चौधरी, छेदी सोहनी, उमा प्रसाई, पारसमणि प्रसाई, दिपक शाह, सुनिता प्रसाई, राजेश पोखरेल, देवेन्द्रविक्रम थेवे, विनोद तिम्सिना, दिपक प्रसाई, मेनुका पोखरेल लगायत रहेका छन् ।
सुष्मा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन खगेन्द्र प्रसाईले गरेका थिए। नेपाली कांग्रेस विर्तामोड–५ ले यसअघि ८ वटा टोल समिति गठन गरिसकेको छ ।