झापा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारीको आयोजनामा हल्दिबारी वडा नम्बर २ को राधाकृष्ण मन्दिरको सामुदायिक भवनमा भएको राप्रपाको जनवर्गीय भातृ संगठनको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
राप्रपा हल्दिबारीका अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा भातृ संगठन क्रमश युवक, महिला, किसान र उत्पीडित उत्थान समितिबाट शनिबार सर्वसम्मत गाउँपालिका स्तरीय मूल समितिको गठन भएको हो।
सहमतिका आधारमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य चयन भएका छन् । राप्रपाको हल्दिबारी गाउँपालिका स्तरीय विभिन्न भातृ संगठनको प्रथम अधिबेशनबाट सर्वसम्मत चयन भएका राप्रपा युवक संगठन अध्यक्षमा उदेश मोक्तान, सचिबमा सागरजङ्ग (भट्टराई) क्षेत्री, राप्रपा महिला संगठन अध्यक्षमा कुमारी चेम्जोङ, राप्रपा किसान संगठन अध्यक्षमा हरीप्रसाद मैनाली र राप्रपा उत्पीडित उत्थान संगठन अध्यक्षमा नरबहादुर कार्की डोली सर्वसम्मत चयन भएका छन् । पार्टीका अधिकांश कार्यकर्ताको उपस्थिति रहेको हल्दिबारी पार्टी सचिव प्रलाद सिलवालले जानकारी दिए ।
अधिवेशनमा प्रमुख अतिथि राप्रपा जिल्ला अध्यक्ष केशव ओझा, कार्यक्रममा राप्रपा जिल्ला सचिव भवानी राजवंशी, जिल्ला सदस्य दिलकेशर थापा, शेरबहादुर नेम्बाङ, लक्ष्मी मैनाली र नवीन भट्टराई, राप्रयुस अध्यक्ष राजकुमार राई, राप्र उत्पीडित उत्थान संगठनका जिल्ला अध्यक्ष गोपाल वि क, प्रदेश ३ ख अध्यक्ष तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रदेश ३ (ख) सदस्य देवी थापा, कुमार राई, तील कु. राजवशी, नरेन राई, नैन कु. गजमेर, डिगेन राजवशी, जनक तामाङको उपस्थिति रहेको थियो ।
त्यसैगरी क्षेत्रीय सदस्य खिबराज भट्टराई, सुरेन्द्र बाह्रकोटी, तुलसा आचार्य, सरोज राई, गोबिन्द घिमिरे, बम ब.कन्दङ्वा, क्षेत्रीय युवक संगठन अध्यक्ष सन्तकुमार थापा लगायतका नेता उपस्थिति रहेको कार्यक्रमलाई पार्टी उपाध्यक्ष लक्ष्मी खनालले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २२ जना राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रमको सञ्चालन हल्दिबारी पार्टी सचिव प्रलाद सिलवालले गरेका थिए।