हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका–२ मा नेपाली कांग्रेसको युवा भातृ संगठन तरूण दलको सभापतिमा प्रेम तामाङ सर्वसम्मत चयन भएका छन्।

नव गठित समितिको उप–सभापतिमा सुजित मुखिया र नेत्र राजवंशी, सचिबमा जीवन ओली र हर्मन राजवंशी,  सह–सचिबमा बिष्णु प्रसाईं र नवीन कुमार राजवंशी तथा कोषाध्यक्षमा समीर दाहाल चयन भएका छन्। तामाङको सभापतित्वमा ३३ सदस्य समिति गठन भएको हो। 

 हल्दिवारी–२ का तरुणदल सभापति प्रेम तामाङको सभापतित्व तथा झापा जिल्ला तरुणदल सभापति गोपाल तामाङको प्रमुख आतिथ्यमा शुक्रबार  (आज) रेडक्रस भवन हल्दिबारी २ मा समिति गठन भएको हो ।

अब बनाउछौ नेपाली कांग्रेसको मुल प्रवाहलाई शक्तिशाली भन्ने तरुन साथीको  वाणीलाई  विश्वासका साथ आत्मसाथ गर्दै अगाडी बढ्ने र हल्दिबारी २ मा युवा संगठन बिस्तारलाई ब्यापक रूपमा अगाडि बढाउने र नेकपा माओबादी र एमालेका धेरै साथीहरू कांग्रेस प्रवेश गर्न लागेको युवाको शक्तिशाली पार्टी कांग्रेस बनाउने तामाङले बताए । 

नेपाली कांग्रेस प्रदेश सभा ख सभापति तुलसी ओली, हल्दिबारी सभापति गंगाप्रसाद प्रसाईं उपसभापति  होम चुडाल, हल्दिबारी २ सभापति भिम फ्याक ,हल्दिबारी गाउँपालिका तरूणदल सभापति बुद्ध माबों, तरूण दल क्षेत्रिय सभापति खड्ग लिम्बू, शिव कटुवाल, कृष्णप्रसाद प्रसाईं, पुस्तकराज नेपाल, लगायत वडा सभापति र नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूको उपस्थित रहेको हल्दिबारी वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस हल्दिबारी उप सभापति होम चुडालले बताए ।

कार्यक्रम सञ्चालन देउकुमार राजवंशीले गरेका थिए। साथै नेपाली कांग्रेस क्षेत्र नं.३ ख ले आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम तथा पार्टी प्रवेश भोली बिहान १० बजे बाह्दशी गाउँपालिका दिनेश थापाको कृषि फर्ममा हुने र प्रमुख अतिथि  नेपाली कांग्रेसका प्रभाबशाली नेता कृष्णप्रसाद सिटौला आउने समेत कार्यक्रम रहेको जनाईएको छ।