जलथल । 

झापाको हल्दिबारी गाउँपालिका–३ मा नेपाली कांग्रेसको युवा भातृ संगठन तरूण दलको गठन भएको छ। हल्दिवारी गाउँपालिका तरुणदल सभापति बुद्व माबोको सभापतित्व तथा नेपाली कांग्रेस  हल्दिबारी गाउँपालिका सभापति गंगाप्रसाद प्रसाईंको प्रमुख आतिथ्यमा बिहिवार (आज) समिति गठन भएको हो । 

नव गठित समितिको सभापतिमा गंगा वन सर्वसम्मत चयन भएका छन्। उप सभापतिहरूमा वीरबहादुर मेचे र बिष्णु मेचे, सचिबमा गुणराज निरौला र देबिका अधिकारी, सह–सचिबमा प्रदीप तामाङ र उतम ढुङ्गेल चयन भएका छन्। 

वनको सभापतित्वमा ३३ सदस्य समिति गठन भएको हो।अब बनाउछौ नेपाली कांग्रेसको मुल प्रवाहलाई शक्तिशाली भन्ने तरुन साथीको  वाणीलाई  विश्वासका साथ आत्मसाथ गर्दै अगाडी बढ्ने र हल्दिबारी ३ मा युवा संगठन बिस्तारलाई ब्यापक रूपमा अगाडि बढाउने वनले बताए । 

नेपाली कांग्रेस हल्दिबारी सभापति गंगाप्रसाद प्रसाईं उपसभापति  होम चुडाल, सचिव तारा ढुङ्गेल, जिल्ला सदस्य दिलिप माबों, हल्दिबारी ३ सभापति धन बहादुर सांवा, सचिब दाताराम खतिवडा, खड्ग लिम्बू, मिरा दाहाल, रामप्रसाद न्यौपोने, रत्नबहादुर गिरी, दिलबहादुर गुरूङलगायत वडा सभापति र नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूको उपस्थित रहेको हल्दिबारी वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस हल्दिबारी उप सभापति होम चुडालले बताए । कार्यक्रम सञ्चालन तारा ढुङ्गेलले गरेकी थिईन्।