गोलधाप । 

झापाको हल्दिबारी गाउँपालिका–१ मा नेपाली कांग्रेसको युवा भातृ संगठन तरूण दलको पुनरगठन भएको छ।हल्दिवारी–१ का तरुणदल सभापतिमा भिम तुम्बाहाम्फेको सभापतित्व  तथा झापा जिल्ला तरुणदल सभापति गोपाल तामाङको प्रमुख आतिथ्यमा बुधवार (आज) समिति गठन भएको हो । 

 नव गठित समितिको सभापतिमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन्। गिरीको सभापतित्वमा २१ सदस्य समिति गठन भएको हो। अब बनाउछौ नेपाली कांग्रेस को मुल प्रवाहलाई शक्तिशाली भन्ने तरुन साथीहरुको  वाणीलाई  विश्वास आत्मासाथ गर्दै अगाडी बढ्ने सभापति गिरीले बताए । 

नेपाली कांग्रेस हल्दिबारी सभापति गंगाप्रसाद प्रसाईं उपसभापति  होम चुडाल ,जिल्ला सचिब नवीन बिमली, खड्ग लिम्बू , कृष्णप्रसाद प्रसाईं लगायत वडा सभापति र नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूको उपस्थित रहेको जानकारी हल्दिबारी वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस हल्दिबारी उप सभापति होम चुडालले बताए । कार्यक्रम सञ्चालन कमल कुँवरले गरेका थिए।