झापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ कार्यसमितिको  पार्टी कार्यालय मंगलबारेमा बसेको बिस्तारित बैठकले विभिन्न बिषयमा छलफल गरेको छ । 

राप्रपा हल्दिबारी गाउँसमिति अध्यक्ष एकराज रानामगरको अध्यक्षतामा बिहीबार पाँच वटै वडा समितिका अध्यक्ष तथा सचिव, सबै वडाका भातृ संगठनका अध्यक्ष तथा सचिव, गाउँपालिका, क्षेत्र र जिल्ला सदस्य साथै पार्टीका सक्रिय पदाधिकारीको  उपस्थिति रहेको हल्दिबारी पार्टी सचिव  प्रलाद सिलवालले जानकारी दिए ।  

बैठकमा राप्रपा प्रदेश १ ख अध्यक्ष तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन, जिल्ला सदस्य दिलकेशर थापा, शेरबहादुर नेम्बाङ र लक्ष्मी मैनाली, प्रदेश सदस्य देवी थापा, क्षेत्रीय सदस्य खिबराज भट्टराई, क्षेत्रीय युवक संगठन अध्यक्ष सन्त बहादुर थापा, पार्टी उपाध्यक्ष लक्ष्मी खनाल प्रत्येक वडा अध्यक्ष तथा सचिवहरु  प्रकाश कार्की, उत्तम राई, होमलाल आचार्य, पवन चौम्लागाई, जीवन कन्दङ्वा, जनक लामा, उदेश राई, योगेश कार्कीको  उपस्थिति रहेको थियो ।

त्यस्तै विद्यार्थी संगठनका अनिल चौहान लगायतले पार्टीको विगत, वर्तमान र आगामी दिनमा कसरी अगाडि बढ्ने सम्बन्धमा आफ्ना राय प्रकट गरेका थिए ।  बैठकबाट राप्रपाको केन्द्रीय एकता महाधिवेशनबाट निर्वाचित केन्द्रिय पार्टी अध्यक्ष  राजेन्द्रप्रसाद लिङ्देन लगायत सम्पूर्ण केन्द्रिय सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै महाधिवेशन प्रतिनिधि ,पर्यवेक्षक र शुभचिन्तक सबैलाई धन्यवाद दिइएको थियो।

बैठकले पार्टीको भातृ संगठनको अधिवेशन आगामी पुस २४ गते शनिबार हल्दिबारी–२ को राधाकृष्ण मन्दिरमा सम्पन्न गर्नका लागि कार्यक्रमको लागि सबै संगठनको एक/एक जना संयोजक तोकेको छ । त्यसैगरी लेबी र आगामी स्थानीय तहको निर्वाचनमा सम्भावित उम्मेद्वारहरुको बारेमा सबै वडा कार्यसमितिमा छलफल गर्ने गरी निर्णय भएको छ ।   कार्यक्रमको संचालन हल्दिबारी पार्टी सचिव  प्रलाद सिलवालले गरेका थिए।