झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ उपाध्यक्षमा निर्वाचित भएका मणिकुमार साम्पाङ (विजय) ले पार्टीका नेता तथा कार्यकर्ताले आफुप्रति गरेको विश्वास र भरोसालाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताएका छन् ।
गत पुस ७ गते भएको माओवादी केन्द्रको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित बिजयले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोप्रति सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै पार्टीले दिएको जिम्मेवारीलाई अझ सुद्धढीकरण गरेर अगाडि वढाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
विजय १० वर्षे जनयुद्धका एक साहसी, सफल योद्धा, कुशल राजनीतिक व्यक्तित्वको रुपमा समेत चिनिन्छन् । उनले सवैको सल्लाह, सुझाव तथा पार्टीको निर्देशन अुनुसार सवैको भावनालाई समेटेर अगाडि बढ्ने बताएका छन् ।