झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ को निर्वाचनबाट सचिव पदमा उपविजेता बनेका झापाका युवा नेता सिपी कडरियाले निर्वाचित सवै पदाधिकारीलाई शुभकामना दिएका छन् । 

पार्टीको कार्ययोजना बमोजिम सम्पन्न प्रथम प्रदेश अधिबेशनबाट निर्वाचित २ सय ५१ सदस्यीय प्रदेश कमिटीमा ९ जनाको पदाधिकारी चयनको क्रममा भएको निर्वाचनमा सचिव पदमा उम्मेद्वारी दिएका नेता कडरियाले उनका प्रतिदन्द्धी गणेश उप्रेतीलाई अंकमालसहित बधाई दिएका हुन् । 

कतिपय प्राबिधिक असामन्जस्यताको कारण मतदान मै जानुपर्ने अवस्था सिर्जना भएपछि  प्रदेश सचिव पदमा दुबैजनाले उम्मेद्वारी दिएको उनले बताए । मत परिणामपछि उनले अंकमाल गर्दै सचिव उप्रेतीलाई अझ गाढा सहकार्यको प्रतिबद्धतासमेत गरेका थिए ।  उनले भनेका छन् ‘सुशील र म करिब दुई दशकदेखि बर्ग संघर्ष र बिचार संघर्ष दुबै दृस्टिकोणले एउटै यानका सह–यात्री हौं ।’ 

निर्वाचनमा सचिव गणेश उप्रेतीे १ सय ४८ मतसहित बिजेता बनेका थिए भने नेता कडरियाले ८३ मत प्राप्त गरेका थिए । 

उनले भनेका छन् ‘मलाई आफ्नो अमुल्य मत दिनुहुने प्रदेश कमिटी सदस्य कमरेडहरुलाई आभार सहित धन्यवाद दिन चाहन्छु, यसले मलाई थप उर्जा र प्रेरणा मिलेको छ, आगामी दिनहरुमा पार्टी र क्रान्तिको हितमा अझ दृढतापूर्वक लाग्ने संकल्प र प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।’