झापा । 

नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ सचिव पदका लागि झापाका युवा नेता सीपी कडरियाले मनोनयन दर्ता गराएका छन् । 

bijay, cp gagan

त्यस्तै झापाका मणिकुमार साम्पाङ विजयले उपाध्यक्ष र कोषाध्यक्षमा रेवतराज पुरी गगनले मनोनयन दर्ता गराएका छन् । 

अध्यक्षमा हर्क नेम्वाङ र मुक्साहाङ मेयाङ्वोले मनोनयन दर्ता गराएको जनाइएको छ ।

प्रदेश सचिव पदका उमेद्वार कडरियाको पल्लाभारी रहेको स्रोतले जनाएको छ । उम्मेद्वारका आकांक्षी वढेसँगै प्रदेशमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुँदैछ ।