झापा ।
नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि नेता विश्वप्रकाश शर्मा पहिलो पटक पुस ७ गते गृहजिल्ला झापा आउँदै छन् ।महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
बधाई लिन होईन, झापा र झापाली प्रर्ति सम्मान जनाउन, प्रीतस्पर्धा क्रममा सबै द्वन्द भन्दा माथि उठेर अघि बड्न सबैलाई अपिल गर्न आउनलागेको फेसबुक मार्फत शर्माले बताएका छन् । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लागेको शर्माको सचिवालयका सदस्य पुष्पराज पौडेलले जानकारी दिए।
पौडेलका अनुसार पुस ७ गते बुधवार महामन्त्री शर्मा चन्द्रगढी विमानस्थलबाट सोझै अग्रसेन भवन बिर्तामोड पुग्ने र कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।