हल्दिबारी ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) हल्दिबारी २ वडा कमिटीको नेता तथा कार्यकर्ताको घरदैलो अभियान शनिबार सम्पन भएको छ।कमिटिले गत मंसिर २१ गते बाट सुरु गरिएको अभियान मिति हिजो सम्पन्न गरेको वडा कमिटी अध्यक्ष खकेन राजवंशीले जानकारी दिए ।
सो अभियान पार्टीको १ नम्बर प्रदेशको अधिवेशनको कारण २५,२६, र २७ गते भने स्थागित गरिएको थियो। साबिक ९ वटा वडा रहेको हल्दिवारी २ नम्बरमा साविक १ वडा १ दिन अभियान अन्तरगत ९ दिनसम्म अभियान चलाईएको थियो ।
अभियान अन्तरगत २ सय ५५ नेता कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, पुर्व जनमुक्ति सेनाको घर गएर पार्टीको सदस्यता कार्ड प्रदान गर्दै प्रत्येक सदस्यको घर परिवारका सदस्यहरुसँग वडा कमिटी पदाधिकारीसहित सदस्यहरुको परिचायत्मक कार्यक्रम गरिएको अध्यक्ष राजवंशीले बताए ।
त्यस्तै सदस्यहरुको पारिवारिक, सामाजिक, शैक्षिक, आर्थिक र रोजगारी तथा पेशा सम्वन्धि विवरण समेत संकलन गर्ने काम गरिएको खकेन राजवंशीले बताए। अभियानमा वडा भरका बाटो घाटो, पुल पुलेसो, बिजुली बत्ती, सिंचाइ, बाढी प्रभाबित क्षेत्र तथा नदी कटान बारे पनि अनुगमन तथा टिपोट उठाउने कार्य समेत गरिएको बताइएको छ।
अभियानबाट संकलन गरिएको रिपोर्टलाई पुस आज (आइतवार) वडा कमिटिको बैठकमा समीक्षा गर्दै पार्टीको वडाले आगामी सांगठानिक रणनीति बनाइने उनले जानकारी दिए।