बिर्तामोड । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदमा बस्ने रहरले मात्र अध्यक्ष नबनेको बताएका छन् । उनले  देशलाई यथास्थितिमा राख्नु हुँदैन भनेर परिवर्तन र विकासका लागि अध्यक्ष बनेको बताएका छन् । 

राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि शनिवार झापा आएका अध्यक्ष लिङ्देनले बिर्तामोडमा राप्रपा झापाले आयोजना गरेको बधाई तथा शुभकामना एवंम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । ‘कांग्रेस र कम्युनिष्टलाई समेत आफ्नो बनाएर हिड्न सक्ने मान्छेले राप्रपालाई मात्र हेरर हुँदैन’ अध्यक्ष लिङ्देनले भने ‘ राप्रपामा अव आमूल परिवर्तन हुन्छ ।’ 

r2 2

उनले पार्टी फुटाएर जान्छु भन्न नमिल्ने बताउँदै काम नगरी उपरखुट्टी लगाएर बस्न नहुने बताए । काम गर्ने नेता तथा कार्यकर्ता अगाडि बढ्ने बताउँदै भागवण्डा र चाकरीले अव नहुने बताएका छन् । ‘योग्यता र कामका आधारमा नेता तथा कार्यकर्ता छानिन्छन्‘ अध्यक्ष लिङ्देनले भने तपाईहरुको विश्वासको अन्र्तघात हुने काम यो जुनिमा हुँदैन ।’ 

राप्रपालाई देशले आसाको नजरले हेरेकाले राष्ट्रिय पार्टी बन्न अव कसैले नरोक्ने उनले दावी गरे । देशभित्र परिवार धान्न नसकेर विदेशीएका लाखौ लाखको समेत शुभकामनाले आफु पार्टीको अध्यक्ष भएको बताए । 

r3 1

सोही कार्यक्रमकाबीच सयौको संख्यामा अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेलाई अध्यक्ष लिङ्दनेले स्वागत गरेका थिए ।  पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन पार्टीकी बिर्तामोड अध्यक्ष रञ्जु बरालले गरेकी थिइन् । कार्यक्रममा पार्टीका केन्द्रिय नेता, प्रदेश नेतालगायतले अध्यक्ष लिङ्देनलाई शुभकामना दिएका थिए ।  

भिडियो पनि