बिर्तामोड । 

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा   निर्वाचित भएका नेता बिश्व प्रकाश शर्माको खुशी बिर्तामोडका काङ्ग्रेस युवाले मनाएका छन् ।

झापा क्षेत्र नम्बर १ का युवा नेता केन्द्रिीय राजनीतिमा उदाएसँगै झापाका नेता कार्यकर्ताले खुशी साट्दै बिर्तामोड ८ गरामनीबाट बिर्तामोड नगरपालिका, चारआली, देउनिया हुँदै गरामनीमा आएर कोण सभामा परिणत भएको थियो।

बिर्तामोड ८ गरामनिको आयोजनामा सम्पन्न र्यालीमा सयौं नेता कार्यकर्ताको उत्साहपुर्ण सहभागीता रहेको थियो। कोणसभालाई सम्बोधन गर्दै आयोजक वडा सभापति उत्तम कट्ट्वालले युवा नेता शर्माको जित नै काङ्ग्रेसका युवाको जित र पुस्तान्तरणको अभियान भएको बताए । उनले अब काङ्ग्रेसको निर्णय केन्द्रले नभएर कार्यकर्ताले गर्ने भएकाले सबै तिक्ततालाई मेट्दै गोलबन्द हुन आग्रह गरे।