लक्ष्मीपुर ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ को निर्वाचन तालिका सार्जजनिक भएको छ । पार्टीको निर्वाचन समितिले निर्वाचनको तालिका आइतवारसार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक राजेन्द्र किरातीले सार्वजनिक गरेको तालिका अनुसार आइतवार साँभ, ६ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दावी विरोध ६ः३० बजे, मतदाता नामावलीमा परेको दावी विरोधको सूचना प्रकाशन ६ः३५बजे, दावी विरोधमाथि छनविन र निर्णय ६ः४५ बजे, अन्तिम मतदाता प्रकाशन ७ः४५ बजे, उम्मेद्वारको मनोनयन पत्र दर्ता ९ देखि ११ बजेको समय निर्वाचन समितिले सार्वजनिक गरेको छ । त्यस्तै उम्मेद्वारको मनोनयन पत्र दर्ता सुची प्रकाशन ११ बजे, उम्मेद्वारको विरोधमा उजुरी दिने ११ः३० बजे, उम्मेद्वारको विरोधमा उजुरीको सूचना १२ बजे, उजुरी उपर छानविन र १२ः३० बजे, उम्मेद्वारको नामावली पुनः प्रकाशन १ बजे रहेको छ ।
त्यसैगरी उम्मेद्वारको नाम फिर्ता १ः३० बजे, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन २ बजे, मतदान मंशिर २७ गते विहान ८ बजेदेखि, मतगणना सम्पन्न भएपछि, प्रमाणपत्र मतगणना सम्पन्न भएपछि र सपथ ग्रहण प्रमाणपत्र प्रदान गरेपछि गरिने निर्वाचन समितिका संयोजक किराती तालिका जारी गरेको पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिएका छन् ।



















