लक्ष्मीपुर । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हल्दिबारी–२ वडा कमिटीले सहिद मेमकुमार मगरका आमाबुबालाई अनलाइन प्रविधिबाट दर्ता गरिएको पार्टी सदस्यता कार्ड प्रदान गरेकोे छ । 

नेकपा आमोवादी केन्द्र हल्दिबारी वडा कमिटीका अध्यक्ष खकेन राजवंशीको नेतृत्वमा गएको वडा कमिटी टोलीले उनीहरुको घरमै पुगेर पार्टी सदस्यता प्रदान गरेको अध्यक्ष राजवंशीले बताए । सहिद मेमकुमार मगरका  पिता बलबहादुर मगर र  माता जानुकादेवी मगरसँग  भेटघाट गरेर उनीहरुका पारिवारिक अवस्था र समस्याको बारेमा जानकारी समेत लिएको उनले जानकारी दिए । सहिदका माता पिताले छोराले देखाएको बाटोमा पार्टी अगाडि बढाउन निर्देशन समेत दिएका थिए ।  

माओवादी केन्द्र हल्दिबारी २ ले कार्यकर्ताको घरदैलो अभियानलाई तिव्रता दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताको घर दैलोमा पुगेर पार्टी सदस्यता वितरण गर्ने कार्यलाई कमिटीले तिब्र पारेको छ ।  अभियानमा वडा कमिटी अध्यक्ष राजबंशीको नेतृतोमा कार्यकर्ताको घर घर गएर उनीहरुका समस्या  तथा सुझाव लिने कार्य भइरहेको उनले बताएका छन् ।   

अभियानमा उपाध्यक्ष  गणेश मगर , सचिव सारदा चम्लागाई, कोषाध्यक्ष रचना कुलुङसहितको सहभागिता रहेको थियो। हल्दिबारी २ मा ३ सय वढि पार्टी सदस्य रहेका छन् भने २ सय ५५ जनाले पार्टी सदस्यता लिइ सकेको अध्यक्ष खकेन राजवंशीले जानकारी दिए । ‘हामीले वडाका प्रत्येक घरमा एकजना मुख्य ब्यक्तिलाई सदस्यता दिएका छौं ।’ राजवंशीले भने ।