काठमाडौ । 

राष्ट्रिय प्रजातन्त्र पाटीको महाधिवेशनमा अध्यक्ष कमल थापालाई हराउदै झापा क्षेत्र ३ का संसद तथा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

आज (आइतबार) बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए ।

यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। लिङ्देन पहिलो पटक अध्यक्ष भएका हुन् ।यसले नेपाली राजनीतिले नेतृत्व परिवर्तन चाहेको प्रष्ट भएको छ।