बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिर्तामोडको नगर अधिवेशन मंसिर १६ गते बिर्तामोडस्थित झापा पार्टी कार्यालयमा हुने भएको छ । नगर पार्टीले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशन बारे जानकारी दिएको हो ।
नगर अधिवेशनलाई उत्सवको रुपमा गर्नका लागि नगर पार्टीले १५ गते भोली अधिवेशन स्थलमा सरसफाई तथा युवा परिचालन गर्ने नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए ।
अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० बटा उप समिति निर्माण गरेको इन्चार्ज दाहालले जानकारी गराएका थिए । जनपपरिचालन उप समितिको संयोजकमा युवराज दाहाल, प्रचारप्रसार उपसमिति संयोजकमा बासु दुलाल, स्वयमसेवक परिचालन उपसमिति संयोजकमा कुसल आचार्य र माधव झा, अतिथि ब्यवस्थापन उप समिति संयोजकमा जेबी जबेगु, अभिलेख तथा माइन्युट लेखन उप समितिको संयोजकमा शिखर कडरिया, मञ्च व्यवस्थापन तथा सजावट उपसमिति संयोजकमा मोहन सुब्बा रहेका छन् । त्यस्तै सहिद, बेपत्ता तथा घाइते सम्मान उपसमिति संयोजकमा पूजा खनाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा कुवेर श्रेष्ठ(अरुण), प्रतिवेदन लेखन उपसमिति संयोजकमा युवराज दाहाल र प्रतिनिधि ब्यवस्थापन उपसमिति संयोजकमा सन्दिप प्रसाई रहेका छन् ।
पार्टीको ७ पदाधिकारीसहित ६५ सदस्य रहने नगरमा २०/२२ जना आंकाक्षि रहेको जिल्ला सदस्य तथा प्रचारप्रसार समितिका संयोजक बासु दुलालले बताए । अध्यक्षमा नगर इन्चार्ज दाहाल, नगर संयोजक सुब्बा र पार्टीका पूर्व नगर अध्यक्ष तथा जिल्ला कमिटी सदस्य ठगबहादुर खड्का आंकाक्षि रहेको दुलालले बताए ।
अधिवेशनको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य प्रदेश नं. १ इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राम कार्की (पाथ) रहने तथा विशिष्ठ अतिथि पार्टीका प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य धर्मशीला चापागाई रहने पत्रकार भेटघाटका क्रममा बताइएको छ । अधिवेशनमा नगरका १० वटै वडाबाट २ सय जना प्रतिनिधि, ५० जना परिवेक्षक र एकसय जना स्वयमसेवकको व्यवस्थापन गरिएको बताइएको छ ।
सहमति भएका पद घोषणा गर्ने नभएका पदहरु निर्वाचन प्रक्रियाबाटै टुङ्गो लगाने दुलालले जानकारी दिए । पार्टी जनताको विश्वासिलो सारथी र क्रान्तिकारी पार्टीको रुपमा स्थापित भएको बिर्तामोड नगर संयोजक मोहन सुब्बाले बताए ।
देशभर करिब १० लाख सदस्यले पार्टी सदस्यता नविकरण गरेको बताउँदै झापामा करिब १५ हजार र बिर्तामोड नगरमा एकहजार ५ सय पार्टी सदस्य रहेको जनाइएको छ । बिर्तामोड नगरको ११ गते गर्ने भनिएको अधिवेशन प्राविधिक कारणले हुन नसकेको जनाइएको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने मुल नाराका साथ बिर्तामोड नगर अधिवेशनको आयोजना गरिएको बताइएको छ ।
भिडियो पनि