झापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर १५, १६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ । राप्रपा अध्यक्षका पदका लागि अध्यक्ष कमल थापा र अर्का नेता राजेन्द्र लिङ्देनले उमेरद्वारी घोषणा समेत गरिसकेका छन्। थापा पार्टी अध्यक्ष त्रय मध्येका एक अध्यक्ष तथा पटक पटक मन्त्री भईसकेका ब्यक्ति हुन् तर उनलाई यस पटक पनि अध्यक्षको रूपमा स्वीकार गरे राप्रपा पार्टी  बिलय हुने नेता तथा कार्यकर्ता बताउँछन् ।

नेपाली राजनीतिले कांग्रेस र कम्युनिष्ट पार्टीको बिकल्प खोज्न थालेको बेला सहि र उचित अध्यक्ष छान्नुपर्ने राप्रपालाई दवाव पनि छ। पार्टी कमजोर छ यसलाई राष्ट्रिय पार्टी बनाउनु र राज संस्थासहित हिन्दु राज्य कायम गर्नु छ । साथै बिचको प्रदेश  सरकार खारेजी गर्नु पर्ने एजेन्डा पूरा गर्नु पनि छ। लिङ्देन भने नेपाली राजनीति वृतमा नयाँ जोस, जागर र सानैदेखि निष्टाको राजनीतिमा लागेका एक इमानदार, आटिलो, स्पष्ट बक्ता, क्षमतावान् र बिबादमा नआएका नेता हुन् । यतिबेला राप्रपा अध्यक्ष लिङ्देनलाई बनाउनुपर्ने पक्षमा आवाज उठिरहेको छ।

यता चलचित्र निमार्ता तथा नायिका रेखा थापाले आफू राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको बताइसकेकि छिन् । थापाले राप्रपा अब युवा नेतृत्व पंक्तिले हाँक्नुपर्ने बताएकी छिन्। युवा पुस्ताले मात्रै विद्यमान राजनीतिलाई सुधार गर्न सक्ने उनको भनाइ छ। नेतृत्वमा पुरानै सोच र संस्कार जीवित रहेको भन्दै  युवाहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हिम्मत राख्नुपर्ने उनको धारणा रहेको छ।

अबको राजनीति जनताको हितमा हुनुपर्छ त्यसका लागि नयाँ पन र नयाँ पुस्ताबाट नेतृत्व हाँक्ने आँट गरेका  राजेन्द्र दाइलाई समर्थन गरेकी र साथ दिने समेत बताईसकेकी छिन्। थापा यसअघि अध्यक्ष त्रयमध्ये पशुपतिशमशेर राणा निकट थिइन् ।  थापाले राप्रपाको केन्द्रीय सदस्यसँगै प्रवास विभागमा रहेर काम गरिसकेकी छन्। उनी अभिनयसँगै राजनीतिमा समानान्तर रूपमा सक्रिय छिन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी छिन्।

 उता अर्का राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले अध्यक्ष कमल थापा परिक्षण भइसकेकाले अब नेतृत्वमा दोहोर्‍याउन नहुने बताई सकेका छन् । यसअघि रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनेका छन् ‘कमल थापा टाईम टेस्टेस्ड भइसक्नु भयो, राप्रपा नेपालको ग्राफ राम्रो हुँदा उहाँको पनि राम्रो थियो । तर, अहिले उहाँको ग्राफ राम्रो छैन । अहिले राजेन्द्र लिङदेनको ग्राफ माथि उठ्दैछ । उहाँ लोकप्रिय सांसदको रूपमा परिचित हुनुहुन्छ, लिम्बुको छोराले हिन्दराष्ट्र र राजासहितको प्रजातन्त्र बोकेर हिँड्नु भएको छ, यसमा हामीले गर्व गर्छौं । कमल थापालाई जनताले पछ्याउने अवस्था छैन । उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास छैन । आजको दिनको लागि नेतृत्व परिवर्तन र शैली परिवर्तन बाध्यता छ । एउटा दरो पार्टी अनि विश्वासिलो नेतृत्व जनताको लागि खाँचो छ । त्यो हामी दिन तयार छौ र सक्छौँ पनि।’ 

धवलशमशेर राणाले लिङ्देनको पक्षबाट महामन्त्री पदमा उमेरद्वारी समेत घोषणा गरिसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले आगामी महाधिवेशनमा युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गर्ने भएका छन् । पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका लिङ्देनको पक्षमा समर्थन बढिरहेका बेला लोहनी यो निर्णयमा पुगेका हुन् ।

दुई अध्यक्ष पशुपतिशमशेर राणा र लोहनीले उम्मेदवारी नदिने र लिङदेनलाई सघाउने भएका हुन् । यसरी सबैतिरको साथ र सहयोग पाउदै गएका लिङ्देन पहिलो पटक अध्यक्ष हुन लागेको र देश र जनताकोका लागि केहि गर्छु भन्ने ईच्छा शक्ति, निष्ठाबान्, भिजन  भएको नेता भएकाले र सबैतिरको साथ पाएको कारण जित निश्चित भएको हो।

लिङ्देनको जित सुनिश्चितका लागि अर्को महत्वपूर्ण आधार भनेको दरवार भित्रको पनि साथ रहेको केहि नेताहरुले बताएका छन् । केहिदिन अघि धवलसमशेर र लिङ्देनले स्वयम राजा ज्ञानेन्द्रलाई भेटेर साथको सुनिश्चितता भएको स्रोतले बताएको छ । 

अध्यक्ष लिङ्देनले पनि सम्पूर्ण प्रतिनिधि,अध्यक्षलगायत सम्पूर्ण सरोकारवालाहरूलाई आफूलाई एक पटक मौका दिएर हेर्न अनुरोध गरेका छन् । उनले भने ‘म ब्यक्तिगत लाभ र फाइदाको पक्षमा कहिल्यै पनि लागदिन, राष्ट्र र राष्ट्रियताको लागि काम गर्छु,  देश र जनताको भलाईको निमित्त अहोरात्र खट्छु, देश भरि संगठन बिस्तार गरेर कांग्रेस र कम्युनिष्टको बिकल्पको रूपमा राप्रपा बनाउछु,  अत्यधिक बहुमतले बिजय गराईदिनु हुन्छ भन्ने बिश्वास लिएको छु।’