शिवसताक्षी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । दूधेमा शनिबार भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् ।कमिटीको उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया, गणेश बजगाई चयन भएका छन् ।
त्यसैगरी, नगर कमिटीको सह–सचिवमा भुवन सेन्दाङ सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६५ जना नगर सदस्य सर्वसम्मत चयन गरेको छ ।
सचिवमा तीन जना आकांक्षी देखिएपछि सर्वसम्मत हुन सकेन । जसको आकांक्षी भरत नविन राई, संजय राई र राजु दर्नाल रहेका छन् ।
महेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) रहेका थिए ।
स्वागत प्रेम एम्फु राईले गरेको कार्यक्रमको सञ्चालन संजय राईले गरेका थिए । सोही कार्यक्रमका बीच शिवसताक्षी नगरका १२ जना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।