हल्दिबारी । 

अझैपनि हरेक क्षेत्रमा महिलाको सहभागीता एकदमै निम्न रहेको पाइन्छ । तर, पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) हल्दिबारी–२ कमिटीमा भने ५० प्रतिशत महिलाको सहभागीता हुने गरी कमिटी चयन भएको छ । 

राज्यको नीति हरेक क्षेत्र एक तिहाई अनिवार्य महिला सहभागी गराउने भएपनि  प्राय महिलालाई कुनैपनि क्षेत्रमा एकदमै निम्न सहभागीता गराएको पाइन्छ । महिलाको अग्रसरता नभएकै कारण पनि उनीहरु पछि पर्दै गएका छन् । तर, माओबादी हल्दिबारी–२ को कमिटीले महिलाको सहभागिता निकै वढाएर कमिटी गठन गराएको नेकपा माओबादी हल्दिबारी–२ का अध्यक्ष खकेन राजबंशीले बताए ।

 ‘अझैसम्म पनि निर्णायक तहमा महिलाको सहभागीता एकदमै कम छ’ अध्यक्ष राजवंशीले भने ‘ हालै सम्पन्न भएको माओबादी केन्द्रको हल्दिबारी २ नं. नव गठित वडा कमिटी पदाधिकारीमा महिलाहरुको उल्लेखनीय सहभागीता गराएका छौ ।’ उनका अनुसार २९ सदस्य वडा कमिटीमा सचिबसहित १४ महिला सर्बसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित हुने महिलाहरुमा सचिव सारदा चम्लागाई, कोषाध्यक्ष रचना कुलुङ,  सदस्यमा पार्वति टुडु, उमा राजबंशी, जिता रानी राई, चन्द्रकुमारी पौडेल, मुना श्रेष्ठ, शान्ताकुमारी राई, सनमाया बिक,  सुमित्रा वराईली, दुर्गा पोखरेल, पबित्रा परियार बिसो राजबंशी र खिनादेबि घिमिरे सर्वसम्मत भएका हुन् ।   यो महिलाको सहभागीताले महिला अब शसक्तिकरण हुदै गएको देखिन्छ ।