भद्रपुर । 

नेपाली कांग्रेसका लोकप्रिय तथा युवा नेता नवीन बिमलीले झापा जिल्ला सचिव पदमा उम्मेद्बारी घोषणा  गरेका छन् । राजनीतिकासँगसँगै सामाजिक क्रियाकलापमा समेत सक्रिय विमलीले नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत झापाको सचिव पदमा उम्मेद्वारी दिएका छन् । 

विमलीले नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट  राजनैतिक यात्रा शुरु गरेका थिए । त्यस्तै उनले नेविसंघको जिल्ला सभापति, कांग्रेसको क्षेत्रीय  सभापति  हुँदै सक्रिय राजनीतिमा लागेका हुन् । 

जिल्ला सभापतिका उम्मेद्बार देउमान थेबेको समुहबाट सचिवमा उम्मेद्बारी घोषणा  गरेका उनलाई  कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, पुर्व सांसद, डिल्ली सिटौला, सुधीरकुमार शिवाकोटी,  झापा सभापति उद्धव थापालगायतको समर्थन भएको देखिएको छ ।

बिमली यसअघि भएको पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्र नं. ३ मा सर्वाधिक मत ल्याउन सफल भएका थिए । उनले ६ सय ४२ मध्ये ५ सय ५४ मत ल्याएर विजयी बनेका थिए ।