झापा ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन अन्तर्गत सोमबार भएको झापा ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
५ वटै क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिहरूको चुनाबी परिणाम मंगलबार (आज) बिहान सार्वजनिक भएको हो ।
सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र न.३ मा ५ सय २० मत ल्याएर गणेश पोखरेल क्षेत्रीय सभापतिमा पुनः निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी राजेन्द्र घिमिरेले १ सय ८ मत प्राप्त गरे । सचिब पदमा गिताप्रसाद भट्टराईले ५ सय ४ र भूपाल बस्नेत ५ सय ५ मत प्राप्त गरी बिजयी भएका हुन्।
प्रत्यक्ष खुल्ला तर्फमा जगतबहादुर बस्नेत, दयानन्द गोश्वामी, नविल बिमली, नगेन्द्रप्रसाद पोखरेल, विजय रिजाल, भगिरथ कुमार पोद्वार, भुमिप्रसाद राजवंशी, मोहन महर्जन ,रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला, सिताराम खड्का निर्वाचित भएका छन् । त्यस्तै मधेसी पदका ओमप्रकाश सरावगी निर्वाचित भएका छन्। प्रत्यक्ष महिला पदमा उर्मिलाकुमारी गौतम, तारादेबि बाह्कोटी, लता कार्की, शर्मिला अधिकारी निर्वाचित भएका छन् ।
खस आर्य खुल्ला तर्फबाट कृष्णप्रसाद प्रसाई र टीका राज ढकाल निर्वाचित भएका छन् भने आदिवासी खुल्ला तर्फबाट खड्गप्रसाद राजवंशी, डम्बर सिंह सिंगु र मनोज सुब्बा गौरब निर्वाचित भएका छन्।