बासु दुलाल
हुन त म पनि खुसी र प्रफुल्ल छैन, सुनौलो भविश्य सहितको जनगणतन्त्र स्थापनाको निम्ति देश र जनताको मुक्ती या मृत्युको कसम खाएर १० बर्षे महान जनयुद्दको सिपाही भएका म जस्ता हजारौ हजार कोहि पनि खुसी छैनन् । माओबादी पनि त उस्तै भयो नि भनेर अरु राजनीतिक दलसँगै एकै जातोमा पिसिएका छौ हामी ! हुन त माओबादी किन फरक हो भन्ने बुझाउन माओबादी पार्टीले सकेन या हामिले सकेनौँ ।
लोकतान्त्रिक गणतन्त्र र राजासहितको प्रजातन्त्र फरक हुन् भनेर हामिले बुझाउन सक्दै सकेनौँ । वास्तबमा काँग्रेस र एमालेहरु नेपालमा राजा सहितको प्रजातन्त्र चाहान्थे । तर सामन्ति राजतन्त्रको अन्त्यसहित जननिर्वाचित रास्ट्र प्रमुखसहित अधिकार सम्पन्न हुने गरि राज्यको पुनःसंरचना गर्ने माओबादी एजेन्डा प्रथम संविधान सभाको निर्वाचन २०६४ ले अनुमोदन गर्यो ।
२४० बर्षसम्म निरन्तर नेपालमा सत्ता सन्चालन गर्ने महाराजाधिराजहरुको शासनले के प्रगति गर्यो, यो देशको ? किन नेपाल अविकशित भयो ? राजाहरु राम्रा र बिकास प्रेमी थिए भने किन देश जनताको यो हाल भयो तर राजा महाराजाहरुको हजारांै हजार बिघा जग्गा अनि शहरहरुमा हरेक ठाउँमा दरबार कसरी भए ? यस्ता गम्भीर प्रस्न हरुको उत्तर खोज्न अहिलेको पुस्तालाई अनुरोध गर्नै पर्छ । हुन त अहिलेका नेताहरु र पार्टीहरु पनि भ्रस्टाचार गर्न धन कमाउन मात्र जनताले भोट दिएका हुन भनेझै गर्छन् । यो गलत प्रबृतिका बिरुद्ध युवाहरुले आवाज उठाउँनै पर्छ भ्रस्ट्राचारी चाहे जो र जुनसुकै पार्टीको होस् हामीले भ्रस्ट्राचारी नेता बहिस्कार गर्ने हिम्मत गर्नै पर्छ । हिजो पञ्चायत कालमा राजा बिरुद्ध बोल्न र लेख्न पाइदैन थियो तर आज जो सुकैका गलत कामका बिरुद्ध लेख्न र बोल्न पाईन्छ । हामीले लोकतान्त्रिक अभ्यास गरेकै छांै । हुन त अहिले राजा र पञ्चायत एकादेशको कथा भइसक्यो । म राजाहरु र तीनिहरुको बारेमा अर्को लेखमा प्रकाश पार्ने नै छु । यो लेखमा नेपालका राजनीतिक पार्टीहरु र तीनिहरुको बारेमा मात्र छोटोमा यो लेख केन्द्रित छ । युवा बिद्यार्र्थी साथीहरु हामीले प्रथम त माओवादी नै किन रोज्नु भन्ने बिषयमा मात्र तीन वटा बुद्दा राख्ने छु ।
१) यो ब्यवस्था २०४६ पछिको ब्यवस्था होइन अनि माओवादी पार्टी कि माथि एमाले, काँग्रेस जस्तो राजासहितको प्रजातान्त्रिक ब्यवस्थाको या संसदीय ब्यवस्थाको पक्षधर पार्टी हुँदै होइन हिजो राजाको शासन को बेलाको संसद र संसदीय ब्यवस्था यो हुँदै होइन यो गणतान्त्रिक संसद हो र यसको परिकल्पनाकार माओवादी पार्टी हो । यो ब्यवस्थामामा नेता र पार्टीहरुको गलत र सहि कुराको स्वतन्त्रतापूर्वक आफ्नो मत राख्ने स्वतन्त्रता हामिलाई छ । राजाको छोरो राजा नै हुने तर जनताको छोरा छोरी प्रजा मात्र हुने यो ब्यवस्था हुँदै होइन । यहाँ जनताबाट निर्वाचित राष्ट्र प्रमुखको ब्यवस्था छ । यो संविधानले सबै जाती भाषा र बर्गका जनताको अधिकार लाई सुनिश्चित पनि गरेको छ । यो ब्यवस्था जोगाउन र यहि भित्रबाट समाजबादी क्रान्ती शान्तीपुर्ण तबरले सम्पन्न गर्न हामिले माओबादी पार्टी नै रोज्नु पर्छ ।
२) संघीयताको प्रमुख एजेन्डा पनि माओवादी पार्टीको नै हो । देशलाई चाँडो भन्दा चाँडो विकासको बाटोमा हिनाउन र समृद्ध मुलुक निर्माण गर्न संघीयता आवश्यक थियो बहुल जाती भाषा धर्म र संस्कृति भएको यो देश लाई सबैको साझा फुलबारीको रुपमा बिकास गर्न पनि संघियता आवश्यक थियो । अब प्रदेश सरकार स्थानीय सरकारले नै आ–आफ्नो प्रदेशमा बिकासको मुल फुटाउन सक्छन् यसर्थ संघीयताले देश बलियो र बिकसित हुने हो । हिजो अधिकार बिहिन पारिएका उत्पीडित जातीहरुलाई अग्राधिकार सुनिश्चित गरिएको छैन । संघीयताले नै अग्राधिकारको सुनिश्चित गर्न सक्छ । यी तमाम कामको निम्ति सहि योजना र प्रतिबद्धताको आवश्यकता हुन्छ त्यो योजना र खाका पनि माओवादीसँग मात्र छ । त्यसकारण सचेत युवा बिद्यार्थीले माओवादी पार्टी रोज्नु पर्छ ।
३) गणतन्त्रको स्थापना र संघीय राज्य प्रणालीसहितको यो राज्य ब्यवस्थाबाट समाजबादको आधार निर्माण गर्न सक्छ । समाजबादी आधार निर्माण गर्न त्यसको जननी पार्टी माओवादी र त्यसको बिचार सिद्धांत र दर्शनबाट मात्र सम्भब छ । माक्सबाद लेलिनवाद र माओबादको आलोक बाट मात्र बैज्ञानिक समाजबाद प्राप्त गर्न सकिन्छ । त्यस कारण युवा विद्यार्थीहरुले समाजबादी राज्य ब्यवस्थाको अध्ययनसहित बिश्व समाजबादी क्रान्तिका अनुभवहरुको पनि अध्ययन गरि राजनीतिक पार्टी छनौट गर्नु पर्छ । निमुखा गरिब मजदुर पिछडिएका बर्ग उत्पीडित जाती र बर्गको अधिकार मात्र सुनिश्चित गरेर समाजबादी क्रान्ती हुदैन अधिकार सँगसँगै गाँस बास कपास स्वास्थ शिक्षा र रोजगारको ग्यारेन्टी गरिनु पर्दछ । त्यसको निम्ति मुलभूत रुपमा त्यो बर्गको पार्टी माओबादी नै भएको तथ्य हामीले स्विकार्नु पर्दछ । यसर्थ आम युवा विद्यार्थीहरुले अहिलेको समाज रुपान्तरण र बिकासको निम्ति माओबादी दर्शन बिचार र आदर्श बोक्ने माओवादी केन्द्र नै रोज्नु पर्दछ । तथास्तु ।
लेखक माओबादी केन्द्र झापाको सचिबालय सदस्य एवंम् बौद्धिक युवा नेता हुन् ।