उद्धव पुरी

बिर्तामोड । 

कोरोना भाइरस महामारीको असर सवै भन्दा वढि शिक्षा क्षेत्रमा परेको छ । बिद्यार्थीको भविश्य अन्यौलमा परेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर गरेको लकडाउनले धेरै विद्यार्थीको पढाईमा असर परेको हो । 

अझ ठूला कक्षाका विद्यार्थीहरु भन्दा पनि कक्षा ५ देखिमुनिका बिद्यार्थीको पढाईमा सवैभन्दा ठूलो चुनौती देखिएको छ । गत बर्षदेखि बिद्यार्थी स्कुल गएका छैनन् । उनीहरुले यसअघि बिद्यालयमा पढेको कुरा सवै विर्सिसकेका छन् । डेढ बर्षदेखिको बिद्यालय बन्दका कारण वालबालिकाले स्कुल गएर पढ्न विर्सिसकेका छन् । साना कक्षाका बिद्यार्थीले आफुले पढ्दै गरेका सम्पूर्ण कुराहरु विर्सिसकेको अवस्था छ । अझै बिद्यालयमा भौतिक रुपमा पढाई हुने अवस्था देखिदैन । 

बिर्तामोड नगर प्याव्सन अध्यक्ष उत्तम खनालका अनुसार स्वास्थ्यका मापदण्ड पूरा गरी सामाजिकदुरी कायम गर्दै बिद्यालय सञ्चालन गर्न सकिन्छ । ‘अहिले धेरै बिद्यार्थीको दिमागमा परिक्षा नै नभई पास हुने सोच जागेको छ’ अध्यक्ष खनालले भने ‘नर्सरीमा पढ्ने बिद्यार्थी यु केजीमा पुर्याउनु पर्ने बाध्यता छ ।’ उनले एसईईसहित अरु कक्षाको अवस्था पनि उस्तै भएको बताए । सवैभन्दा पहिले त स्वास्थ्य नै हो’ उनले भने ‘खोप दिन मिल्ने बिद्यार्थीलाई खोप उपलब्ध गराएर अन्य बिद्यार्थीलाई स्वस्थ्यको मापदण्ड पूरा गर्दै बिद्यालय सञ्चालन गर्ने वातावरण मिलाउन प्याव्सन लागिरहेको उनले बताए । ‘निजि बिद्यालयका केहि शिक्षकहरुले तलव पाएका छैनन्’ अध्यक्ष खनालले भने । बिद्यालय सञ्चालन भए त्यस्ता शिक्षकको पनि उदार हुने उनले बताए । उनले आफ्नो बिद्यालय गोमेन्द्र बिर्तामोड मोडल बिद्यालयमा अनलाइन कक्षा हुँदै गरेको बताउँदै ४ सय बिद्यार्थीको अनलाइन कक्षा वापतको प्रत्येक बिद्यार्थीको ३ सय ५० रुपैयाँ दरले अनलाइन कक्षावापतको शुल्क आफुले नलिने बताए ।

भौतिकरुपमा बिद्यालय सञ्चालन भए तलव नपाएका शिक्षकले पाउने र बिद्यार्थीको भविश्य पनि उज्वल हुने उनले बताए ।

बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख त्रिलोचन भण्डारीले कोरोना भाइरसको दर कम नभएकाले अहिले नै नगरको तर्फबाट बिद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । उनले हाल बिद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयले कार्ययोजना तयार गरेको बताए । जिल्लास्थित डिसीसीएमसीले निषेधाज्ञा पूर्णरुपले नहटाएकोले माथिको निर्णय अनुसार मात्र बिद्यालय खुल्ने उनले बताए । निजि मात्र होइन सामुदायिक बिद्यालयमा पनि अनलाइन पढाई हुँदै गरेको उनले बताए । उनका अनुसार मोहनमाया, महेन्द्ररत्न, देवीमावि, वीरअमरसिंहलागायत बिद्यालयमा कक्षा ८ देखि माथिका बिद्यार्थीलाई अनलाइन कक्षा मार्फत पढाइदै गरेको उनले बताए । ‘तर, साना कक्षाका विद्यार्थीकोको सवालमा समस्या छ’ उनले भने ‘सरकारले बिभन्न चारवटा जोन छुट्याएको छ, ती जोनका आधारमा केहि ठाउँमा बिद्यालय सञ्चालन हुन सक्छ ।’ 

यता शिक्षक महासंघ बिर्तामोड नगर अध्यक्षले नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षा सिकाई ढाँचा २०७७ जारी गरेको बताउँदै भौतिक रुपमा नभएपनि उक्त ढाँचाअनुसार अनलाइन, होमवर्क मार्फत पठनपाठन भइरहेको बताए । ‘हामी भौतिक रुपमा बिद्यार्थीलाई अध्ययन गराउन आतुर छौं’ उनले भने तर, बिद्यार्थी मात्र होइन संस्थागत बिद्यालयका शिक्षक पनि खोप लगाउन छुट्नु भएको छ ।’ उनले भने ‘सरकारले पनि भौतिक रुपमा पठन—पाठनलाई निषेधाज्ञा गरेकोले हामीले सिकाईको वैकल्पिक उपाय मार्फत पठनपाठन गराउँदै छौ ।’ अधिकांश बिद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको बताउँदै अनलाइन कक्षा पनि कक्षा ६ देखि माथिका बिद्यार्थीलाई मात्र उपयुक्त हुने उनले बताए । कक्षा ५ देखि मुनिका बिद्यार्थीलाई होमवर्क, घुम्ति बिद्यालयलगायतका माध्यमबाट पठन—पाठन हुँदै गरेको उनले बताए । 

उनले बिद्यालयले आंशिक रुपमा मात्र उक्त सिकाईको विधि अपनाएको बताउँदै नगर शिक्षा शाखाको अनुगमनमा  चासो कम भएको देखिएको उनले जानकारी दिए ।  ‘उहाँहरुले पनि सकेसम्म त अनुगमन गर्दै हुनुहुन्छ’ उनले भने । तर, भने जस्तो अनुगमन नभएको उनको भनाई छ । उनले कहिं कतै आफुहरुको पनि कमिकमजोरी भए सच्याउने बताए । सरकारले पनि भौतिक रुपमा बिद्यालय सञ्चालन गर्ने अनुमति नदिएको उनले बताए । तत्कालै बिद्यालय सञ्चालन गर्न डिसिसिएमसीले पनि नदिएको उनको भनाई छ । त्यस्तै बिद्यालयले प्राय बिद्यार्थीलाई किताव दिइसकेको र अभिभावकले पनि आफ्ना बालबालिकालाई पठन–पाठन गराउनु पर्ने उनले बताए । 

तस्वीर गुगुलबाट