झापा ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो । एल.पी. ग्यासको मूल्य भने हाललाई यथावत राखिएको आयल निगमले जनाएको छ । 

पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलको प्रतिलिटर चार रुपैयाँ वृद्धि गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो । 

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले वृद्धि भएको छ ।