झापा ।

 हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

शनिबार देशभर आंशिक बादल लाग्नेछ । कोशी  प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात तथा  मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ।