झापा ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागको मौसम मुख्यतया सफा छ।
शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
यसैगरी, आज देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
प्रतिक्रिया 0