बिर्तामोड ।
सिइएस थियटर क्लबको आयोजना तथा छुनुमुनु थियटर काठमाडौँको सहकार्यमा झापामा तीन दिने ‘प्रथम जिल्ला स्तरीय यङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प’ हुने भएको छ । ‘प्रथम जिल्ला स्तरीय यङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प’ झापाको बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुलको ग्रेस अडोटोरियम (सभाहल) मा सञ्चालन हुने भएको छ ।
भावानत्मक अभिनय कलाको माध्यमबाट बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ र मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउदै उनिहरुमा रहेको सिर्जनशिलता कल्पना शक्ति र आत्मविश्वासलाई अघि बढाउने र उत्कृष्ट प्रतिभाहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको कार्यशालाको मुख्य प्रशिक्षण अन्तरास्ट्रिय रुपमा ख्याती कमाइसकेका छुनुमुनु थियटरका निर्देशक तथा प्रशिक्षक राजन भुजेलले दिने भएका छन् ।
थियटिकल आर्ट पढाइ हुने जिल्ला भरिका विभिन्न बिद्यालयका बिद्यार्थीहरु सम्मिलित कार्यक्रम भाद्र २७, २८ र २९ गते सञ्चालन हुने बताइएको छ ।
कार्यशालाको पहिलो दिन अर्थात २७ गते बिद्यालयमा अभिनय शिक्षा (Theatre Education in School) बिषयक प्यानल डिस्कसन सन्चालन हुनेछ । प्यानलिस्टको रुपमा प्रशिक्षक राजन भुजेल, झापाका पुराना नाट्य कलाकार टंक बिकल्प, परिवर्तन थियटर मेचिनगरका प्रशिक्षक तथा निर्देशक कबिता नेपाल, र कदम थियटर दमकका बरिष्ठ कलाकार सुवास चन्द्र खरेल रहेका छन् भने सहजकर्ताको रुपमा कवि, सन्चारकर्मी तथा ब्यक्तित्व विकाश प्रशिक्षक लीला अनमोलले गर्नेछिन् । तीन दिनसम्म चल्ने यस कार्यशालाको संयोजन थियटर प्रशिक्षक तथा लेखक÷निर्देशक दिनेशराज शर्माले गर्नेछन् ।


















