चारपाने । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा रहेको जेम्स फिटनेस सेन्टरले बाढीमा परेर ज्यान गुमाउनेको सम्झानामा दीप प्रज्वलन गरेकोे छ । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशुली नदीमा आएको बिनाशकारी बाढीमा परेर ज्यान गुमाउनेहरुको सम्झना गर्दै आज (सोमवार) साँझ चारपाने चोकमा दीप प्रज्वलन गरेको हो । 

बाढीमा परेर ज्यान गुमानेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण र घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामनासमेत गरिएको सेन्टरका सञ्चालन तथा सामाजिक ब्यक्तित्व जेम्स उप्रेतीले जानकारी दिए । 

कार्यक्रममा सेन्टरका सल्लाहकार बिनिता सुवेदी, कृष्ण देउजालगायत फिटनेसका सदस्यहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । जेम्स फिटनेस सेन्टरले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आएको थियो । सेन्टरले सार्वजनिक खुल्ला तीज मिलन कार्यक्रम, रक्तदान, सरसफाई जस्ता बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।