इलाम । 

कानूनी ज्ञान केन्द्र भद्रपुर झापाले रिट तथा पुनरावेदन सम्बन्धी दुई दिवसीय तालिम आइतवार इलाममा सम्पन्न गरेको छ । इलामको कुटिडाँडास्थित हिल उड रिसोर्टमा शनिवार र आइबार तालिम भएको थियो । शनिबारको तालिममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलले रिटको सैद्धान्तिक आधार र अदालतमा प्रयोग विषयमा दुई शत्रमा लिनु भएको थियो । शनिबार नै अधिवक्ता अशोक क्षेत्रीले रिट मस्यौदाको विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक क्षेत्रीले सहभागीलाई तीन समूहमा विभाजन गरी रिटको मस्यौदा तयार गर्न लगाएका थिए । 

प्रशिक्षकले काल्पनिक विषयका निषेधाज्ञा, उत्प्रेषण र परमादेशका काल्पनिक विषय दिनु भएको थियो । सहभागी समूहले तयार गरेको निषेधाज्ञाको प्रस्तुति अधिवक्ता निशा तामाङले, उत्प्रेषणको अधिवक्ता बिनोद फयलले तथा अधिवक्ता मनकुमार बराईलीले परमादेशको नमूना रिट निवेदन शनिवार विहानको शत्रमा प्रस्तुत गरेका थिए । प्रशिक्षक क्षेत्रीले सहभागीले तयार गरेको नमूना रिटमा सुझाव तथा टिप्पणी राखेका थिए । 

  आइतवारको दोस्रो कक्षामा झापा जिल्ला अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाले न्यायिक दृष्टिमा पुरावेदन तथा रिट निवेदनको मस्यौदाः लेखनशैली, प्रभावकारिता र व्यवहारिक पक्ष विषयमा प्रशिक्षण गरेको थियो । न्यायाधीश सापकोटाले कानून व्यवसायीले राम्रो मस्यौदा गर्दा आउने परिणाम र त्रुटिपूर्ण मस्यौदा गर्दा आउने दुष्परिणामकोे विषयमा प्रस्ट पारेका थिए । 

  शनिबार भएको प्रशिक्षणको उट्घाटन कार्यक्रममा बरिष्ठ अधिवक्ता कुलप्रसाद दाहालले प्रशिक्षण पलदायी बनाउन सभागी सक्रिय हुनु पर्नेमा जोड दिए । उनले कानूनको अभ्यास गर्ने सँधै विद्यार्थी हुने बताए । आइतवार भएको समापन समारोमा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलाले प्रशिक्षणले कानून व्यवसायीलाई अब्बल बनाउने बताए । उनले नयाँ पुस्ताका कानून व्यवसायीलाई तालिमले उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । आयोजक संस्था कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले कानूनी व्यवसायीको प्राज्ञिक विकासमा निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहभागीका तर्फबाट अधिवक्ता नविक कार्की, अधिवक्ता चुडामणि पराजुली तथा अधिवक्ता मनकुमार बराईलीले कार्यक्रम फलदायी भएको बताए । सहभागीले तालिम सैद्धान्तिक तथा प्रयोगात्मक भएकाले प्रभावकारी रहेको बताए । ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले संचालन गरेको कार्यक्रममा अधिवक्ता रुद्रमणि भट्टराईले स्वागत गरेका थिए । तालिममा झापाका १०, इलामबाट २ जना र मोरङबाट ४ जना कानून व्यवसायी सहभागिता रहेको थियो