भद्रपुर ।
युवा कवि मोतीराम भट्टको जन्म जयन्तीका अवसरमा नेपाली साहित्य परिषद झापाले आयोजना गरेको कार्यक्रम स्थगन गरेको छ । परिषद झापाको आयोजनामा आगामी भाद्र २६ गते हुने झापा जिल्ला स्तरीय युवा कवि गोष्ठी कार्यक्रम स्थगन गरिएको हो ।
बिनाशकारी बाढीका कारण देशमा ठूलो जनधनको क्षति भइ आम नागरिक शोक, पिढा र कठिन परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थालाई मध्य नजर गर्दै कार्यक्रम स्थगन गरिएको परिषद झापाका महासचिव राजु बरालले जानकारी दिए ।
विपदको यस दुःखद घडीमा गोष्ठी, सेमिनार, कार्यक्रम भन्दा पीडित परिवार प्रति एक्यवद्धता, सहयोग र मानवीय सम्बेदना प्रकट गर्नु परिषदको सामाजिक दायित्व भएकोले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताइएको छ ।
बाढी तथा विपदमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकमा रहेका परिवारजनमा गहिरो समबेदना साथै घाइते एवम् प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना नेपाली साहित्य परिषद झापाले गरेको छ ।

















