झापा ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५ सय ४७ शव फेला परेको हो।
रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २ सय २१ शव चितवनमा भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९ सय ७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १ सय ६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ । हालसम्म १ हजार ४ सय ७३ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

















