झापा ।

गत भदौ २३ र २४ गते को जेन–जी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारसहित एकजना पक्राउ परेका छन् । दमक नगरपालिका ४ त्रिवेणी चौकस्थित खयरवारीमा मोरङ उर्लावारी वडा–६ आइतवारे घर भई दमक–१ रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्णले लुकाइराखेको हतियार फेला परेको हो ।

जेनजी आन्दोलनको क्रममा लुटपाट भएको सटगन ९हतियार० लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका दमकबाट टोली खटिएको थियो ।

सुमन कर्णलाई नियन्त्रणमा लिई उक्त सटगन खोजतलास गर्दा उनले प्रहरीको कम्बलमा पोको पारी लुकाई राखेको अवस्थामा १२११११४ नम्वरको व्यारल भाच्चिई दुई टुक्रा भएको ९बेसावुत० अवस्थामा सटगन फेला परेको थियो । रितपूर्वक हतियार बरामद गरि कर्ण समेतलाई पक्राउ गरी इप्रका दमक ल्याई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।