बिर्तामोड । 

अत्याधुनिक उपकरणसहित विभिन्न सौन्दर्य तथा हेयर केयरमा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले झापाको बिर्तामोडमा ग्लामर नेपाल युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । बिर्तामोडस्थित सिटी सेन्टर उत्तर रहेको मायादेवी कम्पप्लेक्समा आज (बिहीवार) बाट सैलुनले सेवा प्रवाह गरेको हो । 

सैलुनको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, विशिष्ठ अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले गरेका हुन् । युवा व्यवसायी सन्ध्या मास्के र एलएक्स क्षेत्रीले सञ्चालनमा ल्याएको सैलुनमा  अत्याधुनिक उपकरणसहित विभिन्न सौन्दर्य तथा हेयर केयरमा गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ । 

सैलुनमा चिकित्सकसहितको सौन्दर्य तथा हेयर केयरका सेवा प्रदान गरिने सैलुनकी सञ्चालक मास्केले बताइन् । उनका अनुसार सैलुनमा केस उमार्नेदेखि लिएर ब्यूटीपार्लरका सवै सेवासहित आधुनिक उपकरणका साथमा चिकित्सकको निगरानीमा सेवा उपलब्ध हुनेछन् । साथै स्प्राको सुविधा पनि रहेको छ । सैलुनमा नयाँ नयाँ आउने प्राविधिलाई पनि विस्तार गरिदै लाने बताइएको छ । 

कार्यक्रममा उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईले व्यापारी हिसावले झापाकैे केन्द्र बिन्दु रहेको बिर्तामोडमा अत्याधुनिक उपकरणसहित एउटै छानामुनी सौन्दर्य तथा हेयर केयरको गुणस्तरीय सेवाको सैलुन सञ्चालन गरेको भन्दै ब्यवसाय सफलताको शुभकामना दिइन् । 

कार्यक्रमका बिशिष्ठ अतिथि न्यौपानेले पछिल्लो केही बर्ष यता व्यापार व्यवसाय खस्सिकदै गएको अवस्थामा पनि ठूलो लगानीमा नयाँ व्यवसाय सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले देशमा राजनीतिक अस्थिरताका कारण केही व्यवसायी पलायन भइरहेको समयमा पनि नयाँ व्यवसाय सञ्चालनमा आउनुले व्यवसायीहरुमा आशा जागेको भन्दै सैलुन सञ्चालकहरुको प्रशंसा गरेका छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन शर्माले गरेका थिए । 

कार्यक्रममा बिर्तामोडमा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित व्यवसायीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । सैलुनमा सञ्चालनसँगै हाल ११ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।