झापा । 

अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा चार वटा घर र एउटा पुल बगाएको छ । यस्तै बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । बाढीले सडक मात्र नभई भौतिक संरचनामा समेत क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको हो ।

बाढीले नलगाड–१० कै रोलीमा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएको छ । यस्तै, सोही स्थानमा रहेका ढुङ्गा–माटोले बनेका र टिनले छाएका चारवटा घर बाढीले बगाएको प्रहरीले जनाएको छ । घर बगाए पनि मानवीय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएका छ ,